ne_tn/act/13/01.md

2.0 KiB

सामान्य जानकारीः

पद १ ले एन्टिओखियामा भएको मण्डलीका मानिसहरूको बारेमा जानकारी दिन्छ । यहाँ पहिलो “तिनीहरू” शब्‍दले शायद यी पाँच अगुवालाई जनाउँछ तर यसले अरू विश्‍वासीलाई पनि समावेश गर्न सक्‍छ । त्यसपछि आउने “तिनीहरू” र “तिनीहरूको” शब्‍दहरूले शायद पावल र बारनाबास बाहेक अरू तीन अगुवालाई जनाउँछ । तर यी शब्‍दले अरू विश्‍वासीलाई पनि समावेश गर्न सक्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

जोड्ने कथनः

पावल र बारनाबासलाई एन्टिओखियाको मण्‍डलीले मिसन यात्राहरूमा पठाएको बारेमा लेख्‍न लूकाले सुरु गर्दछन् ।

अब एन्टिओखियामा भएको मण्‍डलीमा

“त्‍यो बेलामा एन्टिओखियामा भएको मण्‍डलीमा”

शिमियोन ... नाइजर ... लुसियस ... मनेन

यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हेरोदसँगै हुर्किएका भाइ, प्रान्तीय शासक

मनेन शायद हेरोदका सँगै हुर्कँदै गर्दा खेल्ने साथी वा नजिकका साथी थिए ।