ne_tn/act/11/intro.md

1.7 KiB

प्रेरितहरू ११ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“अन्यजातिहरूले पनि परमेश्‍वरको वचनलाई ग्रहण गरेका थिए”

सुरुका विश्‍वासीहरू प्रायः धेरै सङ्ख्‍यामा यहूदीहरू नै थिए । धेरै अन्‍यजातिले येशूमा विश्‍वास गर्न सुरु गरेका कुरा लूकाले यस अध्‍यायमा लेखेका छन् । येशूको बारेमा प्रचार भएको सन्‍देश साँचो हो भनी तिनीहरूले विश्‍वास गरे । यसैले “परमेश्‍वरको वचन ग्रहण” गर्न सुरु गरे । अन्‍यजातिले साँचो रूपले येशूको अनुसरण गर्न सक्‍छन् भनेर यरूशलेममा भएका विश्‍वासीहरूले विश्‍वास गर्न सकेनन् । यसैले पत्रुस तिनीहरूकहाँ गए र तिनलाई के भयो अनि कसरी अन्‍यजातिले परमेश्‍वरको वचन ग्रहण गरे र पवित्र आत्‍मा पाए भनेर तिनीहरूलाई सुनाए ।