ne_tn/act/11/06.md

1.4 KiB

पृथ्वीको चारखुट्टे जनावरहरू

पत्रुसको जवाफबाट, यो बुझ्‍न सकिन्छ कि मोशाको व्यवस्थाले यहूदीहरूलाई तीमध्ये केही नखानलाई आज्ञा गरेको थियो । तपाईंले यस्तै समान वाक्यांशलाई प्रेरितहरू १०:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “पशुहरू र चराहरू जुन खानलाई मोशाको व्यवस्थाले यहूदीहरूलाई मनाही गरेको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जङ्गली पशुहरू

यसले शायद मानिसहरूले बाँधेर नराख्‍ने वा राख्‍न नसक्‍ने र नियन्‍त्रणमा नलिने वा लिन नसक्‍ने जनावरहरूलाई जनाउँछ ।

घस्रने जन्तुहरू

यिनीहरू सरीसृप हुन् ।