ne_tn/act/09/intro.md

4.0 KiB

प्रेरितहरू ०९ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“मार्ग”

विश्‍वासीहरूलाई “त्‍यस मार्गका चेलाहरू” भनेर सबभन्‍दा पहिले कसले सम्‍बोधन गरे भन्‍ने कुरा कसैलाई पनि थाहा छैन । यो सायद विश्‍वासीहरूले आफैलाई यो नाउँले सम्‍बोधन गरेका हुन सक्‍छन्, किनभने कुनै व्‍यक्तिले अरू कसैको जीवनको अनुसरण गरेर जिउँछ भने त्‍यो व्‍यक्तिले एउटा “मार्ग” वा बाटोमा हिंडेको भनेर बाइबलले भन्‍दछ । यदि यो सत्‍य हो भने, विश्‍वासीहरूले परमेश्‍वरलाई मनपर्दो जीवन जिएर “प्रभुको मार्गमा” हिँडेका थिए ।

“दमस्कसमा भएका सभाघरहरूका लागि पत्रहरू”

पावलले मागेको “पत्र” कानूनी दस्‍तावेजका कागजपत्र थिए, जसले ख्रीष्‍टिएनहरूलाई ज्‍यालखानामा हाल्‍ने अनुमति तिनलाई दियो । दमस्‍कसको सभाघरका अगुवाहरूले ती पत्रमा दिएका आज्ञा पालन गर्ने थिए, किनभने यो प्रधान पूजाहारीले लेखेका थिए । यदि रोमीहरूले त्‍यो पत्र देखेको भए, तिनीहरूले पनि ख्रीष्‍टिएनहरूलाई सतवट गर्ने अनुमति शाऊललाई दिने थिए, किनभने यहूदीहरूका धार्मिक व्‍यवस्‍था भङ्ग गर्ने मानिसहरूमाथि जस्‍तो इच्‍छा लाग्‍यो, त्‍यस्‍तै गर्ने अनुमति यहूदीहरूले पाउँथे ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

शाऊलले जे देखे जब उनले येशूलाई भेटे

यो स्‍पष्‍ट छ, शाऊलले एउटा ज्‍योति देखे र यही ज्‍योतिका कारणले “तिनी भुइँमा ढले” । यो प्रभुले आफूलाई मानव स्‍वरूपमा नदेखाईकन शाऊलसँग बोल्‍नुभएको कुरा थियो भनेर शाऊललाई थाहा थियो भनी कोही मानिसले विश्‍वास गर्दछन्, किनभने परमेश्‍वर चम्‍किलो ज्‍योति र ज्‍यतिमा वास हुनुहुन्‍छ भनेर प्रायः बाइबलले भन्‍ने गर्दछ । अरू मानिसले यस्‍तो विचार गर्छन् कि शाऊलले पछि आफ्‍नो जीवनमा, “मैले प्रभु येशूलाई देखेको छु” भन्‍न सक्षम भए किनभने उनले यहाँ मानवीय रूप देखेका हुन् ।