ne_tn/act/09/32.md

1.4 KiB

अब यस्‍तो भयो

कथाको नयाँ भागको सङ्केत गर्नका लागि यो वाक्‍यांशको प्रयोग भएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

सारा क्षेत्रभर

यो चाहिँ पत्रुसले यहूदिया, गालील र सामरियामा भएका विश्‍वासीहरूलाई भेटेका कुरालाई जनाउन गरिएको सामान्यकरण हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

तिनी तल आए

पत्रुसले यात्रा गरेका अरू ठाउँभन्‍दा लुड्डा उचाइका हिसाबले तल पर्ने हुनाले “तल आए” भन्‍ने वाक्‍यांश प्रयोग भएको हो ।

लुड्डा

लुड्डा योप्पाको लगभग १८ किलोमिटर जति दक्षिण-पूर्वमा पर्ने एउटा सहर हो । पुरानो करारमा र आधुनिक इस्राएलमा यो सहरलाई लोद भनिन्थ्यो ।