ne_tn/act/09/30.md

910 B

भाइहरू

“भाइहरू” शब्दले यरूशलेममा बस्‍ने विश्‍वासीहरूलाई जनाउँछ ।

तिनलाई तल कैसरियामा ल्याए

यहाँ “तिनलाई तल ल्याए” भन्‍ने वाक्यांशलाई प्रयोग गरिएको छ किनभने कैसरिया यरूशलेमभन्दा उचाइमा तल पर्छ ।

तिनलाई टार्सस पठाइदिए

कैसरिया समुद्री बन्‍दरगाह थियो । शायद भाइहरूले शाऊललाई जहाजमा चढाएर टार्ससमा पठाइदिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)