ne_tn/act/09/17.md

2.0 KiB

सामान्य जानकारीः

यहाँ “तिमी” एकवचन हो र यसले शाऊललाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जोड्ने कथनः

हननिया शाऊल बसिरहेका घरमा जान्छन् । शाऊल निको भएपछि, कथा हननियाबाट फेरि शाऊलतर्फ जान्छ ।

त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे

हननियाले त्यस घरभित्र प्रवेश गर्नु अगि तिनी गए भनी लेख्‍नु उपयोगी हुन्‍छ । वैकल्‍पिक अनुवादः “यसैले हननिया गए र तिनले शाऊल बसेको घर पत्ता लगाएपछि, तिनी त्‍यसभित्र प्रवेश गरे”

तिनीमाथि आफ्ना हात राख्दै

हननियाले आफ्ना हात शाऊलमाथि राखे । यो शाऊललाई आत्‍मिक आशिष् दिने एउटा सङ्केत थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

ताकि तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीले फेरि देख्‍न सक र पवित्र आत्माले भरिन सक भनेर पठाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)