ne_tn/act/09/03.md

1.5 KiB

जोड्ने कथनः

प्रधान पूजाहारीले शाऊललाई पत्र दिएपछि, शाऊल दमस्‍कस जान बिदा भए ।

जसै तिनी यात्रा गरिरहेका थिए

शाऊलले यरूशलेम छोडे र अहिले तिनी दसस्कसतर्फ जाँदै छन् ।

यसो भयो कि

यो वाक्‍यांशले कुनै फरक कुरा हुन लागेको छ भनी दर्शाउनका लागि कथामा भएको परिवर्तनलाई सङ्केत गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो

“स्वर्गबाट आएको ज्योति तिनको वरिपरि चम्कियो”

स्वर्गबाट

सम्भावित अर्थहरू हुन् १) स्वर्ग, जहाँ परमेश्‍वर बस्‍नुहुन्छ वा २) आकाश । पहिलो अर्थ रोज्‍न ठीक हुन्छ । तपाईंको भाषामा त्यसको लागि बेग्‍लै शब्‍द छ भने, त्‍यो अर्थलाई प्रयोग गर्नुहोस् ।