ne_tn/act/08/05.md

1.6 KiB

तल सामरियाको सहरमा गए

यहाँ “तल गए” भन्‍ने वाक्यांश प्रयोग गरिएको छ किनभने उचाइका हिसाबले यरूशलेमभन्‍दा सामरिया तल पर्दछ ।

सामरियाको सहर

सम्‍भावित अर्थहरू हुन् १) लूकाले कुन सहरका लागि यो पत्र लेखिराखेका थिए भनी पाठकहरूलाई थाहा छ भनेर उनले अपेक्षा गरे । वैकल्‍पिक अनुवादः “सामरियामा भएको प्रमुख सहर” वा २) लूकाले कुन सहरका लागि यो पत्र लेखिराखेका थिए भनी पाठकहरूलाई थाहा छ भनेर उनले अपेक्षा गरेनन् । वैकल्‍पिक अनुवादः “सामरियामा भएको एउटा सहर”

तिनीहरूलाई ख्रीष्‍टको बारेमा प्रचार गरे

“ख्रीष्‍ट” भन्‍ने नाउँले येशू, मसिहलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “येशू नै मसिह हुनुहुन्‍छ भनी तिनीहरूलाई बताए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)