ne_tn/act/06/01.md

3.0 KiB

सामान्य जानकारीः

यो कथाको नयाँ खण्डको सुरुवात हो । कथालाई बुझ्नको लागि पृष्‍ठभूमिको जानकारी दिइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अब यी दिनहरूमा

तपार्इंको भाषामा कथाको नयाँ खण्डलाई कसरी सुरुवात गर्नुहुन्छ, त्यसलाई ध्यान दिनुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

गुणात्मक रूपमा बढ्दै

“ठुलो सङ्ख्‍यामा बढ्‍दै”

ग्रीक भाषा बोल्ने यहूदीहरू

यी यहूदीहरूले आफ्नो जीवन इस्राएलबाहिर रोमी सम्राज्यमा बिताएका थिए, र ग्रीक भाषा बोलेर हुर्केका थिए । तिनीहरूको भाषा र संस्कृति इस्राएलमा बस्‍ने मानिसहरूको भन्दा फरक थियो ।

हिब्रूहरू

यी यहूदीहरू इस्राएलमा हिब्रू वा आरमेइक भाषा बोलेर हुर्केका थिए । अहिलेसम्मका मण्डलीमा यहूदीहरू र यहूदी धर्ममा परिवर्तन भएका मानिसहरू थिए ।

विधवाहरू

पति मरेका स्‍त्रीहरू

तिनीहरूका विधवाहरूलाई बेवास्ता गरिँदै थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हिब्रू भाषा बोल्‍ने विश्‍वासीहरूले ग्रीक भाषा बोल्‍ने विधवाहरूलाई बेवास्‍ता गरिरहेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बेवास्ता गरिँदै

“वास्ता नगरिँदै” वा “बिर्सिइँदै ।” सहयोग चाहिने मानिसहरू धेरै थिए कि केही छुटेका थिए ।

दैनिक खाद्य वितरण

प्रेरितहरूलाई दिइने पैसाको केही भाग सुरुको समयका मण्डलीका विधवाहरूलाई खानेकुरा किन्‍न प्रयोग गरिन्थ्यो ।