ne_tn/act/04/25.md

2.6 KiB

तपाईंले आफ्‍ना दास, हाम्रा पिता दाऊदको मुखद्वारा पवित्र आत्माद्वारा बोल्‍नुभयो

यसको अर्थ परमेश्‍वरले भन्‍नुभएको वचन पवित्र आत्‍माले दाऊदलाई बोल्‍न र लेख्‍न लगाउनुभयो ।

आफ्‍ना दास, हाम्रा पिता दाऊदको मुखद्वारा

यहाँ “मुख” शब्‍दले दाऊदले बोलेका र लेखेका वचनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईंका सेवक, हाम्रा पिता दाउदका वचनहरूद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हाम्रा पिता दाऊद

यहाँ “पिता” शब्‍दले “पूर्खा”लाई जनाउँछ ।

अन्यजातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू किन कल्पना गरे ?

व्‍यर्थमा परमेश्‍वरको विरोध गरे भन्‍ने कुरामा जोड दिनका लागि यो एउटा अलङ्कारको प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “अन्यजातिहरूले क्रोध गर्न हुँदैनथ्‍यो र मानिसहरूले व्‍यर्थ कुराका कल्पना गर्न हुँदैनथ्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मानिसहरूले अर्थहीन कुराहरू ... कल्पना गरे

यी “अर्थहीन कुराहरू” भन्‍नाले परमेश्‍वरको विरोध गर्ने योजनाहरू हुन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले परमेश्‍वरको विरुद्धमा व्‍यर्थ कुराका कल्पना गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मानिसहरू

मानिसहरूका समूहहरू