ne_tn/act/04/16.md

2.1 KiB

यी मानिसलाई हामी के गरौँ ?

नैराश्‍यताको कारणले यहूदी अगुवाहरूले यो प्रश्‍न सोधे, किनभने पत्रुस र यूहन्‍नालाई के गर्ने भनेर उनीहरूले विचार गर्न सकेनन् । वैकल्‍पिक अनुवादः “हामीले यी मानिसलाई गर्न सक्‍ने केही कुरा पनि छैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने हरेक मानिसलाई थाहा छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने तिनीहरूले ठूलो आश्‍चर्य काम गरेको कुरा यरूशलेममा बस्‍ने हरेक मानिसलाई थाहा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यरुसलेममा बस्‍ने सबैजना

यो सामान्‍यीकरण हो । ती अगुवाले यो समस्‍यालाई धेरै ठूलो समस्‍याका रूपमा सोचे भन्‍ने जनाउनलाई यो बढाइचढाइ भनेको पनि हो । वैकल्‍पिक अनुवादः “यरूशलेममा बस्‍ने मानिसहरूमध्‍ये धेरै” वा “यरूशलेमभरि बस्‍ने मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)