ne_tn/act/02/25.md

2.3 KiB

सामान्य जानकारीः

यहाँ पत्रुसले येशूको क्रूसको मृत्यु र चिहानबाट जीवित भएको कुरासँग मेल खाने दाऊदले बोलेको वचनको सम्झना गर्छन् । येशूको बारेमा दाऊदले यी शब्‍द भने भनी पत्रुसले कुरा गरेका हुनाले, “म” र “मेरो” शब्‍दहरूले येशूलाई जनाउँछ, अनि “प्रभु” र “उहाँ” शब्‍दले परमेश्‍वरलाई जनाउँछ ।

मेरो मुहारअगाडि

“मेरो अगाडि ।” वैकल्पिक अनुवादः “मेरो उपस्थितिमा” वा “मसित” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

मेरो दाहिने हातको छेउ

कसैको “दाहिने हातपट्टि” भन्‍नुको अर्थ मदत गर्ने र सम्‍हाल्‍ने स्‍थानमा हुनु हो । वैकल्‍पिक अनुवादः “ठीक मेरो छेउमा” वा “मलाई सहायता गर्न मसँगै” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

म नडगमगाउनका लागि

यहाँ “डगमगाउनु” शब्दको अर्थ समस्‍यामा पर्नु हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले मलाई समस्‍यामा पार्ने छैनन्” वा “केही कुराले पनि मलाई समस्‍यामा पार्ने छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)