ne_tn/act/01/intro.md

6.3 KiB

प्रेरितहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्‍यायमा लेखेको कुरालाई सामान्‍य रूपमा “स्‍वर्गारोहण” भनेर जानिन्‍छ । येशूको पुनरुत्थान भएपछि उहाँ फर्केर स्‍वर्गमा जानुभयो । उहाँको “दोस्रो आगमनमा” उहाँ फर्केर नआउञ्‍जेलसम्‍म उहाँ फेरि आउनुहुन्‍न । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/heaven]] अनि [[rc:///tw/dict/bible/kt/resurrection]])

यूएसटीले “प्रिय थियोफिलस” शब्‍दलाई अरू शब्‍दहरूबाट अलग राखेको छ । अङ्ग्रेजी भाषा बोल्‍नेहरूले पत्र लेख्‍न यसरी नै सुरु गर्दछन् । तपाईंले आफ्‍नो संस्‍कृतिका मानिसहरूले पत्र लेख्‍न सुरु गरे झैँ गरी यो पुस्‍तक सुरु गर्न सक्‍नुहुन्‍छ ।

केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १:२० मा भजनसङ्ग्रहको पुस्तकबाट लिइएको दुईवटा उद्धरणहरूसँग यसै गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

बप्‍तिस्मा दिनु

यस अध्‍यायमा “बप्‍तिस्‍मा” शब्दका दुई अर्थ रहेका छन् । यसले युहन्‍नाले दिएको पानीको बप्‍तिस्मा र पवित्र आत्‍माको बप्‍तिस्मालाई जनाउँछ (प्रेरितहरू १:५(../../act/01/05.md)) । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/baptize)

“उहाँले परमेश्‍वरको राज्यको बारेमा बोल्‍नुभयो”

केही विद्वानहरू विश्‍वास गर्दछन्, येशूले “परमेश्‍वरको राज्‍यको बारेमा भन्‍नुहुँदा” उहाँको मृत्‍यु हुनुभन्‍दा पहिला परमेश्‍वरको राज्‍य किन आएन भनी उहाँले चेलाहरूलाई स्‍पष्‍ट पार्नुभयो । अरूको विश्‍वास छ, येशू जीवित हुनुहुँदा नै परमेश्‍वरको राज्‍य सुरु भयो । अनि यहाँ परमेश्‍वरको राज्‍य नयाँ स्‍वरूपमा सुरु हुने कुरालाई उहाँले स्‍पष्‍ट पार्दै हुनुहुन्‍छ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

बाह्र चेलाहरू

बाह्र चेलाहरूको सूची निम्‍नानुसार छः

मत्तीमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्‍करियोत ।

मर्कुसमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब र जब्दियाका छोरा यूहन्‍ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्‍करियोत ।

लूकामाः

सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्‍थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत ।

सम्भवतः थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्ति हुन् ।

आखेल्दामा

यो हिब्रु वा आरमेइक वाक्‍यांश हो । लूकाले यो ग्रीक अक्षरमा लेखे, र यसरी यो कस्‍तो सुन्‍न सकिन्‍छ भनेर तिनका पाठकहरूले थाहा पाऊन् । अनि तिनले यसको अर्थ बताए । तपाईंले यसलाई आफ्‍नो भाषाको अक्षरले लेखेर अर्थ स्‍पष्‍ट पार्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-transliterate)