ne_tn/act/01/15.md

1.3 KiB

जोड्ने कथनः

यो घटना पत्रुस र अन्य विश्‍वासीहरू माथिल्लो कोठामा एकसाथ बसिरहेको बेला घटेको हो ।

ती दिनहरूमा

यी शब्दहरूले कथाको नयाँ भागको सुरुवातलाई सङ्केत गर्छन् । तिनीहरूले येशू स्वर्गमा चढ्नुभएपछि चेलाहरू माथिल्लो कोठामा बसेको समयावधिलाई जनाउँछन् । वैकल्पिक अनुवादः “त्यस समयमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

१२० जना मानिसहरू

“एकसय बीस जना मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

भाइहरूका माझमा

यहाँ “भाइहरू” शब्दले सङ्गी विश्‍वासीहरू, पुरुष र स्‍त्री दुवैलाई जनाउँछ ।