ne_tn/2ti/04/08.md

2.6 KiB

मेरो लागि धर्मिकताको मुकुट राखिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मेरो लागि धार्मिकताको मुकुट राख्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

धार्मिकताको मुकुट

सम्भावित अर्थहरू हुन् १) मुकुट सही प्रकारले जीवन जिएका मानिसहरूलाई परमेश्‍वरले दिने उपहार हो वा २) मुकुट धार्मिकताकालागि प्रयोग हुने उपमा हो । जस्तो दौडका निर्णायकले विजेतालाई मुकुट दिन्छन्, त्यसरी नै जब पावलले आफ्नो जीवन समाप्‍त गर्दछन् तब परमेश्‍वरले उनलाई धर्मी घोषणा गर्नुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मुकुट

खेलकुदमा सहभागी भएर विजयी भएकाहरूलाई लरेल पातहरूद्वारा तुनेर बनाइएको मुकुट दिइन्थ्यो

त्यस दिनमा

“त्यो दिन जब प्रभु फेरि आउनु हुन्छ” अथवा “त्यो दिन जब परमेश्‍वरले मानिसहरूको न्याय गर्नुहुन्छ”

तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई

पावलले यो घटना पहिले नै भइसकेको छ जस्तै गरेर बताउँछन् । यसलाई भविष्यको घटनाको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँको आगमनलाई उत्सुकताको साथ पर्खिनेहरूलाई पनि यो दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pastforfuture)