ne_tn/2ti/03/16.md

1.6 KiB

सम्‍पूर्ण पवित्रशास्‍त्र परमेश्‍वरबाट प्रेरित भएको हो

“सम्पूर्ण पवित्रशास्‍त्र परमेश्‍वरले श्‍वास फेरेको जस्तै हो” भनेर केही बाइबलका संस्करणहरूमा अनुवाद गरिएको छ । यसको अर्थ यो हो कि परमेश्‍वरले पवित्रशास्‍त्रलाई आत्माद्वारा मानिसहरूलाई लेख्‍न लगाउनु भएको हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै पवित्रशास्‍त्र परमेश्‍वरले उहाँको आत्माबाट बोल्नुभएको हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो लाभदायक छ

“यो उपयोगी छ” वा “यो फाइदाजनक छ”

दोष देखाउनको लागि

“गल्ती देखाउनको लागि”

सच्‍याउनको लागि

“गल्तीहरूलाई मिलाउन”

धार्मिकतामा तालिम दिनको लागि

“मानिसहरूलाई धर्मी बन्‍नको लागि तालिम दिन”