ne_tn/2ti/02/intro.md

2.0 KiB

२ तिमोथी ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले शब्दहरूलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा केही दायाँतिर पर सार्छन् । यूएलटीले पदहरू ११-१३ सँग यसै गर्छ । पावलले यी पदहरूमा कुनै कविता वा भजनलाई उद्धरण गरिरहेका हुन सक्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

हामी उहाँसँगै राज गर्नेछौँ

विश्‍वासयोग्य ख्रीष्‍टिएनहरूले भविष्‍यमा ख्रीष्‍टसँगै राज गर्नेछन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/faithful)

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

सादृश्‍यहरू

यस अध्‍यायमा, ख्रीष्‍टिएन भई जीवन बिताउने कुराका बारेमा शिक्षा दिनका लागि पावलले धेरैवटा तुलनात्कम उदाहरण दिए । तिनले सिपाही, खेलाडी र किसानका बारेमा तुलनात्कम उदाहरण प्रयोग गरे । अध्‍यायको आखिरीमा, तिनले घरमा भएका विभिन्‍न किसिमका भाँडाहरूका बारेमा तुलनात्कम उदाहरण प्रयोग गर्दछन् ।