ne_tn/2ti/02/22.md

3.5 KiB

जवानीको अभिलाषाबाट अलग बस

पावलले जवानीको अभिलाषाहरूलाई कुनै डरलाग्दो व्यक्ति वा जनावरको रूपमा व्यक्त गर्छन् जसदेखि तिमोथी टाढा भाग्‍नु पर्छ । वैकल्पिक अनुवादः “जवानीको अभिलाषालाई पूर्ण रूपले इन्कार गर” वा “जवान मानिसहरूले गर्न चाहने गलत कुराहरूलाई पूर्ण रूपले नकार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धार्मिकतालाई पछ्याऊ

“पछ्याऊ” भन्‍ने शब्द “भाग्‍नु” शब्दको विपरितार्थी हो । यहाँ पावलले धार्मिकतालाई तिमोथीको लागि भलाई गर्ने कुनै वस्तु हो जसतर्फ तिमोथी दौडनुपर्छ भन्‍ने तरिकाले व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “धार्मिकता प्राप्‍त गर्ने हरसम्भव प्रयास गर” वा “धार्मिकता खोजी गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूसँग

सम्भावित अर्थहरू हुन् १) धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको खोजी गर्ने कार्यमा अरू विश्‍वासीहरूसँग तिमोथी सामेल होउन् भन्‍ने पावलको इच्‍छा छ वा २) तिमोथी शान्‍तिसाथ बसून् र अरू विश्‍वासीसँग वादविवाद नगरून् भन्‍ने पावलको इच्‍छा छ ।

प्रभुलाई पुकार्नेहरू

यहाँ “प्रभुलाई पुकार्ने” शब्द वाक्पद्धती हो जसको अर्थ प्रभुमा भरोसा गर्नु र उहाँको आराधना गर्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “परमप्रभुको आराधना गर्नेहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

सफा हृदयबाट

यहाँ “सफा” भनेको कुनै शुद्ध वा सच्‍चा कुरालाई जनाउने अलङ्कार हो । अनि, “हृदय” भनेको “सोचाइहरू” वा “भावनाहरू”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “सच्‍चा मनको साथ” वा “सच्‍चापनको साथ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])