ne_tn/2ti/02/21.md

2.6 KiB

अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ

सम्‍भावित अर्थहरू हुन् १) “अनादर योग्य मानिसहरूबाट आफैँलाई अलग राख्दछ” वा २) “आफैँलाई शुद्ध बनाउँछ ।” पावलले यो प्रक्रियालाई कुनै व्यक्तिले आफैँलाई धोएर सफा बनाउने कामको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ऊ एउटा आदरको भाँडो हुन्छ

पावलले त्यस व्यक्तिलाई कुनै आदरको भाँडोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ऊ विशेष समारोहमा उपयोगी भाँडाजस्तै छ” वा “ऊ असल मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापमा उपयोगी भाँडाजस्तै छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मालिकका लागि उपयोगी र हरेक असल कामको लागि ऊ अलग गरिएको हुन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मालिकले तिनलाई अलग गर्छन् र मालिकले उसलाई हरेक असल कार्यमा प्रयोग गर्नका लागि ऊ तयार हुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ऊ अलग गरिएको

ऊ शारीरिक रुपले अलग गरिएको वा स्थानान्तरण गरिएको हैन तर उद्देश्य पुरा गर्नको लागि अलग गरिएको हो । केही संस्करणहरूले यसलाई “पवित्र गरिएको” भनेर अनुवाद गर्छन् तर यो खण्डले अलग गरिएको भन्‍ने कुरा नै बताउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)