ne_tn/2ti/02/08.md

2.3 KiB

जोड्ने कथनः

पावलले तिमोथीलाई ख्रीष्‍टको लागि कसरी जिउने, कसरी कष्‍ट भोग्‍ने र अरुलाई ख्रीष्‍टको जिउन कसरी सिकाउने भन्‍ने शिक्षा दिन्छन् ।

दाऊदको वंशबाट

यो एउटा अलङ्कार हो जसले येशू दाऊदको वंशबाट आउनुभयो भन्‍ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “जो दाऊदका सन्तति हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मृतकबाट उठ्नु भएको

यहाँ उठाउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुने तुल्याउने कुरालाई जनाउने वाक्‍पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले जीवित बनाउनुभयो” वा “जसलाई परमेश्‍वरले मृतकहरूबाट बौह्राउनुभयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

मैले सुसमाचारको सन्देशमा भनेअनुसार

पावलले सुसमाचारको सन्देश उनको आफ्नै हो भने झैँ गरेर व्यक्त गर्छन् । उनले भन्‍न खोजेको यही हो कि, उनले घोषणा गर्ने सुसमाचारको सन्देश यही हो । वैकल्पिक अनुवादः “यो मैले प्रचार गर्ने सुसमाचारको सन्देश अनुसार छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)