ne_tn/2ti/01/10.md

2.7 KiB

हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा परमेश्‍वरको मुक्ति प्रकट गरिएको छ

पावलले मुक्तिलाई कुनै एउटा वस्तु भए झैँ गरेर बताउँछन् जसलाई खोल्‍न मिल्थ्यो र मानिसहरूलाई देखाउन सकिन्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूलाई पठाउनुभएर उहाँले हामीलाई कसरी बचाउनुहुनेछ भन्‍ने कुरा देखाउनुभएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

जसले मृत्युलाई अन्त गर्नुभयो

पावलले मृत्युलाई मानिसहरू मर्ने क्षण नभई त्यो एउटा आत्मनिर्भर प्रक्रियाको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “जसले मृत्युलाई नष्‍ट गर्नुभयो” वा “जसले मानिसहरूको निम्ति सदाको लागि मृत नभई रहने कुरालाई सम्भव बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सुसमाचारद्वारा कहिल्लै अन्त नहुने जीवनलाई ज्योतिमा ल्याउनुभयो

पावलले अनन्त जीवनको बारेमा भएको शिक्षालाई त्यो कुनै एउटा वस्तु भए झैँ गरेर बताउँछन् जसलाई अन्धकारबाट ज्योतिमा ल्याउन सकिन्छ ताकि मानिसहरूले देख्‍न सकून् । वैकल्पिक अनुवादः “कहिले अन्त नहुने जीवन के हो भनेर सुसमाचार प्रचार गरेर सिकाउनु भयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)