ne_tn/2ti/01/03.md

2.0 KiB

जसको म पितापूर्खाहरूदेखि सेवा गर्छु

“जसको सेवा मेरा पूर्खाहरूले गरे झैँ गरी गर्छु”

शुद्ध विवेकले

पावलले उनको विवेकलाई भौतिक रूपमा नै सफा हुन सक्‍ने वस्तु भए झैँ गरी बताउँछन् । यसको अर्थ यो हो कि एक व्यक्तिले दोषी अनुभव गर्दैन किनकि उसले सधैँ जे ठीक छ त्यही मात्र गर्ने कोसिस गर्‍यो । वैकल्पिक अनुवादः “मैले जे ठीक छ त्यही गर्ने कठिन प्रयत्‍न गरेको छु भन्‍ने जानेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जसै म तिमीलाई निरन्तर सम्झन्छु

यहाँ “सम्‍झनु” भन्‍ने कुरालाई “उल्‍लेख गर्नु” वा “त्यसको बारेमा कुरा गर्नु” भन्‍ने अर्थमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “जब म तिमीलाई निरन्तर उल्‍लेख गर्छु” वा “मैले तिम्रो विषयमा हर समय कुरा गर्दा”

रात र दिन

यहाँ “रात र दिन”लाई “सधैँ”को अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “सधैँ” वा “सबै समयहरूमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)