ne_tn/2ti/01/02.md

2.5 KiB

तिमोथीलाई

तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । साथै यूएसटीमा जस्तै, लेखकको परिचय दिनासाथ यो पत्र कसलाई लेखिएको हो भनेर तपाईंले उल्‍लेख गर्नुपर्ने हुन सक्छ ।

प्रिय बालक

“प्यारो बालक” वा “मैले प्रेम गरेको बालक ।” यहाँ “बालक” भनेको ठूलो प्रेम देखाउने र स्वीकार गरेको कुरालाई जनाउने शब्द हो । यो सम्भव छ कि पावलले नै तिमोथीलाई ख्रीष्‍टको परिचय गराए, र यसैकारण पावलले उनलाई आफ्नो बालक जस्तै मानेका थिए । वैकल्पिक अनुवादः जो मेरो प्रिय बालक झैँ छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

... बाट अनुग्रह, कृपा, र शान्ति

“ ... बाट तिमीले आफूभित्र दया, कृपा र शान्तिको अनुभव गरेका होऊ” वा “ ... बाट तिमीसँग अनुग्रह, दया, र शान्ति भएको होस् भनेर म प्रार्थना गर्छु”

परमेश्‍वर पिता र

“परमेश्‍वर, जो हाम्रो पिता हुनुहुन्छ र ।” यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples) यहाँ पावलले परमेश्‍वरलाई १) ख्रीष्‍टको पिता, वा २) विश्‍वासीहरूका पिता भनेर जनाइरहेका हुन सक्छन् ।

ख्रीष्‍ट येशू हाम्रा प्रभु

“ख्रीष्‍ट येशू, जो हाम्रो प्रभु हुनुहुन्‍छ”