ne_tn/2ti/01/01.md

3.2 KiB

सामान्य जानकारीः

यस पुस्तकमा, अन्य किसिमले टिप्पणी नगरिएसम्‍म, “हाम्रो” भन्‍ने शब्दले पावल (यस पत्रको लेखक) र तिमोथी (जसलाई यो पत्र लेखिएको थियो) र सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

पावल

तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । साथै यूएसटीमा जस्तै, लेखकको परिचय दिनासाथ यो पत्र कसलाई लेखिएको हो भनेर तपाईंले उल्‍लेख गर्नुपर्ने हुन सक्छ ।

परमेश्‍वरको इच्छाद्वारा

“परमेश्‍वरको इच्छाको कारण” अथवा “ किनभने परमेश्‍वरले यसो भएको चाहनु भयो” । पावल एक प्रेरित बने किनभने परमेश्‍वरले उनी एक प्रेरित बनेको चाहनुभयो र कुनै मानिसले उनलाई छानेको कारणले होइन ।

... अनुसार

सम्भावित अर्थहरू हुन् १) “उद्देश्यको निम्ति ।” यसको अर्थ परमेश्‍वरले पावललाई येशूमा जीवन दिने परमेश्‍वरको प्रतिज्ञाको बारेमा बताउनलाई नियुक्त गर्नुभयो भन्‍ने हुन्छ । वा २) “ ... लाई कायम राख्‍दै ।” यसको अर्थ हुन्छ कि जसरी परमेश्‍वरले येशूले जीवन दिनुहुन्छ भनेर प्रतिज्ञा गर्नुहुन्छ, त्यही इच्‍छाद्वारा परमेश्‍वरले पावललाई एक प्रेरित बनाउनुभएको छ ।

ख्रीष्‍ट येशूमा भएको जीवनको

पावलले “जीवन”लाई येशू भित्र भएको कुनै वस्तुको रूपमा प्रस्तुत गर्छन् । यसले ख्रीष्‍ट येशूको भएको कारण मानिसहरूले प्राप्‍त गर्ने जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्‍ट येशूको भएको कारण हामीले प्राप्‍त गर्ने जीवनको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)