ne_tn/2th/front/intro.md

9.5 KiB

२ थेसलोनिकीहरूको परिचय

भाग १: सामान्य परिचय

२ थेसलोनिकीहरूको पुस्तकको रूपरेखा

१. अभिवादनहरू र धन्यवादज्ञापन (१:१-३) १. ख्रीष्‍टिएनहरू सतावटको कारण कष्‍ट काटिरहेका

  • तिनीहरू परमेश्‍वरको राज्य र केरकारहरूबाटको छुटकाराको निम्ति उहाँको प्रतिज्ञाको योग्‍य छन् (१:५-७)
  • ख्रीष्‍टिएनहरूलाई सताउनेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ (१:८-१२) १. ख्रीष्‍टको दोस्रो आगमन बारेमा केही विश्‍वासीहरूको गलत बुझाइ
  • ख्रीष्‍टको पुनरागमन अझै भएको छैन (२:१-२)
  • ख्रीष्‍टको पुनरागमन अगाडि आउने घटनाहरूको बारेमा निर्देशन (२:३-१२) १. परमेश्‍वरले थेसलोनिकी ख्रीष्‍टिएनहरूलाई बचाउनुहुनेछ भन्‍ने कुरामा पावलको निश्‍चयता
  • “स्थिर रहन”लाई उहाँको बोलावट (२:१३-१५)
  • परमेश्‍वरले तिनीहरूलाई सान्तवना प्रदान गर्नु भएको होस् भनेर उनको प्रार्थना (२:१६-१७) १. थेसलोनिकी विश्‍वासीहरूले उनको लागि प्रार्थना गरिदिनलाई पावलले अनुरोध गर्छन् (३:१-५) १. पावलले अल्छे विश्‍वासीहरूको बारेमा आदेश दिन्छन् (३:६-१५) १. अन्त्य (३:१६-१७)

२ थेसलोनिकीहरूको पुस्तक कसले लेखे ?br>

पावलले २ थेसलोनिकीहरूको पुस्तक लेखे । उनी टार्सस सहरबाटका थिए । उनको अगाडिको जीवनमा उनलाई शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्‍टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । उनी ख्रीष्‍टिएन भएपश्‍चात, उनले मानिसहरूलाई येशूको बारेमा बताउँदै सारा रोमी साम्राज्यभर थुप्रै पटक यात्रा गरे ।

पावलले यो पत्र थेसलोनिकेको सहरमा भएका विश्‍वासीहरूलाई लेखे । उनले ती विश्‍वासीहरूलाई प्रोत्साहन गरे किनभने तिनीहरूलाई सतावट भइरहेको थियो । उनले तिनीहरूलाई परमेश्‍वरलाई प्रसन्‍न बनाउने गरेर जिइरहनलाई भने । साथै उनले तिनीहरूलाई ख्रीष्‍टको पुनरागमनको विषयमा फेरि पनि सिकाउन चाहे ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ थेसलोनिकीहरू” वा “दोस्रो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा, तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्‍डलीलाई पावलको दोस्रो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्‍टिएनहरूलाई दोस्रो पत्र” । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

येशूको “दोस्रो आगमन” भनेको के हो ?

पावलले यस पत्रमा येशूको पृथ्वीमा अन्तिम समयमा हुने पुनरागमनको विषयमा धेरै लेखे । जब येशू फर्कनुहुन्छ, उहाँले सारा मानवजातिको न्याय गर्नुहुनेछ । उहाँले सृष्‍टिमाथि शासन पनि गर्नुहुनेछ । साथै, उहाँले सबैतिर शान्ति पनि कायम गर्नुहुनेछ । ख्रीष्‍टको पुनरागमनभन्दा अगाडि “पापको मानिस” आउनेछ भनेर पनि पावलले व्याख्या गरे । सम मानिसले शैतानको आज्ञापालन गर्नेछ र मानिसहरूलाई परमेश्‍वरको विरुद्धमा हुने बनाउनेछ । तर येशूले आफू फर्किनुहुँदा यस व्यक्तिलाई नष्‍ट गर्नुहुनेछ ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूद्वारा के अर्थ दिन खोजेका हुन् ?

ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

२ थेसलोनिकीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

निम्‍न दिइएका पदहरूको लागि बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्‍न छन् । यूएलटीले नयाँ संस्करणलाई पछ्याउँछ र पुरानो भनाइलाई पादटिप्‍पणीमा राख्छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउनका लागि सुझाव दिइन्छ ।

  • “अनि व्यवस्थाहीनताको मानिस प्रकट हुन्छ” (२:३) । यूएलटी, यूडीबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । पुराना संस्करणहरूमा यसरी छ, “अनि पापको मानिस प्रकट हुन्छ ।”
  • “किनकि परमेश्‍वरले तिमीहरूलाई उद्धारको लागि पहिलो फलहरूको रूपमा चुन्‍नुभयो” (२:१३) यूएलटी, यूडीबी, र केही अरू संस्करणहरूमा यसरी भनिएको छ । केही अरू संस्करणहरूमा यसरी छ, “किनकि परमेश्‍वरले तिमीहरूलाई उद्धारको लागि पहिल्यैबाट चुन्‍नुभयो ।”

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)