ne_tn/2th/03/01.md

2.1 KiB

सामान्य जानकारीः

पावलले विश्‍वासीहरूलाई उनी र उनका सहकर्मीहरूको निम्ति प्रार्थना गर्नलाई अनुरोध गर्छन् ।

अब

पावलले “अब” शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् ।

भाइहरू हो

यहाँ “भाइहरू”ले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

ताकि प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी त्यो तिमीहरूमा पनि भएको छ

पावलले परमेश्‍वरको वचन फैलने कुरालाई त्यो कुनै एक ठाउँदेखि अर्को ठाउँसम्‍म दौडिरहेको झैँ गरी व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि धेरैभन्दा धेरै मानिसहरूले हाम्रा प्रभु येशूको बारेमा भएको सन्देश चाँडै सुन्‍नेछन् र त्यसलाई सम्‍मान गर्नेछन्, जसरी त्यो तिमीहरूलाई पनि भयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])