ne_tn/2th/02/13.md

3.5 KiB

सामान्य जानकारीः

पावलले सारा विश्‍वासीहरूको निम्ति परमेश्‍वरलाई धन्यवाद दिन्छन् र तिनीहरूलाई उत्साह दिन्छन् ।

जोड्ने कथनः

पावलले अब विषयलाई बदल्छन् ।

तर

पावलले यहाँ यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् ।

हामीले सधैँ धन्यवाद दिनुपर्छ

“सधैँ” शब्द सामान्यकरण गरिएको हो । वैकल्पिक अनुवादः “हामीले निरन्तर धन्यवाद दिनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

हामीले ... पर्छ

यहाँ “हामी”ले पावल, सिलास र तिमोथीलाई जनाउँछ ।

प्रभुका प्रिय भाइहरू हो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने प्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, भाइहरू हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

भाइहरू हो

यहाँ “भाइहरू”को अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

आत्माको शुद्धता र सत्यताको विश्‍वासमा उद्धारको प्रथम फलको रूपमा

मुक्ति पाउनेमा पहिला मानिसहरू हुने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ थेसलोनिकी विश्‍वासीहरू चाहिँ “प्रथम फलहरू” हुन् । यसलाई “मुक्ति”, “शुद्धिकरण”, “विश्‍वास”, र “सत्यता” जस्ता भाववाचक नामपद शब्दहरूलाई हटाउने गरेर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरूमध्येमा पहिलो हुनु जसले सत्य कुरालाई विश्‍वास गर्छन्, र जसलाई परमेश्‍वरले उहाँको आत्माद्वारा बचाउनुभएको छ र आफ्‍नै लागि अलग गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])