ne_tn/2th/01/intro.md

2.4 KiB

२ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पदहरू १-२ ले यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखिने पत्रहरूमा यस प्रकारका परिचयहरू हुने गर्दथ्यो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी कथन

विरोधाभासी कथन भनेको एक साँचो भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पदहरू ४-५ मा एउटा त्यस्तै विरोधाभासी कथनको प्रयोग भएको छः “तिमीहरूका सबै सतावटहरूमा भएको तिमीहरूको धैर्य र विश्‍वासको विषयमा हामी कुरा गर्छौँ । तिमीहरूले सहन गर्ने कष्‍टहरूको विषयमा हामी कुरा गर्छौँ । यो परमेश्‍वरको धर्मी न्यायको एउटा चिन्ह हो ।” सतावट खेपिरहेको बेलामा परमेश्‍वरलाई विश्‍वास गर्नु चाहिँ परमेश्‍वरको धर्मी न्यायको एउटा चिन्ह हो भनेर मानिसहरूले सामान्यतया ठान्दैनन् । तर पदहरू ५-१० मा, उहाँलाई विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले कसरी इनाम दिनुहुनेछ र तिनीहरूलाई कष्‍ट दिनेहरूलाई उहाँले कसरी इन्साफ गर्नुहुनेछ भनेर पावलले व्याख्या गर्छन् । (२ थेसलोनिकीहरू १:४-५)