ne_tn/2th/01/11.md

1.4 KiB

हामी तिमीहरूका लागि निरन्तर प्रार्थना पनि गर्दछौँ

पावलले तिनीहरूका लागि कति धेरै पटक प्रार्थना गर्छन् भन्‍ने कुरालाई जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “हामी तिमीहरूको लागि नियमित रूपमा प्रार्थना पनि गर्दछौँ” वा “हामी तिमीहरूको लागि निरन्तर प्रार्थना गरिरहन्छौँ”

बोलावट

यहाँ “बोलावट” शब्दले परमेश्‍वरले मानिसहरूलाई उहाँका छोराछोरी र सेवकहरू हुन र येशूद्वाराको मुक्तिको विषयमा भएको उहाँको सन्देशलाई घोषणा गर्न छान्‍नुभएको कुरालाई जनाउँछ ।

भलाइको हरेक चाहनालाई पूरा गरून्

“तिमीहरूले चाहना गर्ने हरतरहले असल गर्न तिमीहरू सक्षम हुन सक”