ne_tn/2th/01/03.md

2.0 KiB

सामान्य जानकारीः

पावल थेसलोनिकेमा भएका विश्‍वासीहरूको लागि धन्यवाद दिन्छन् ।

हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ

“धेरैपटक” वा “नियमित रूपमा”को अर्थ दिँदै पावलले “सधैँ” शब्दलाई सामान्यकरणको रूपमा प्रयोग गर्छन् । परमेश्‍वरले थेसलोनिकी विश्‍वासीहरूको जीवनमा गरिरहनुभएका कुराको महानतालाई यस वाक्यले जोड दिन्छ । वैकल्पिक अनुवादः “हामीले परमेश्‍वरलाई धेरैपटक धन्यवाद दिनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

भाइहरू हो

यहाँ “भाइहरू”ले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

यो उचित छ

“यो गर्न सही कुरा हो” वा “यो असल छ”

तिमीहरूको एक अर्काप्रति भएको प्रेम बढ्छ

“तिमीहरूले एक अर्कालाई सच्‍चा रूपमा प्रेम गर्छौ”

एक अर्का

यहाँ “एक अर्का”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।