ne_tn/2sa/22/17.md

1.3 KiB

सामान्य जानकारीः

यसले परमप्रभुको लागि दाऊदको गीतलाई निरन्तरता दिन्छ । उनले भन्‍न खोजेको कुराको जोड दिनको लागि उनी समान्तरताको प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उर्लिरहेको पानीबाट

दाऊदले आफ्‍ना शत्रुहरूलाई बाढीसित तुलना गर्छन्, जसले तिनलाई डुबाउने धम्की दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो शक्‍तिशाली शत्रुहरूबाट ... उहाँले मलाई बचाउनुभयो

दाऊदका शत्रुहरू शक्तिशाली थिए । तिनका सबै शत्रुहरूबाट तिनलाई छुटकारा दिनुभएको लागि तिनी परमेश्‍वरको प्रशंसा गर्छन् ।