ne_tn/2sa/22/13.md

2.6 KiB

सामान्य जानकारीः

परमप्रभुको लागि दाऊदको गीत जारी रहन्छ । उनले भन्‍न खोजेका कुराको जोड दिनको लागि उनी समान्तरताको प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उहाँको सामु भएका बिजुलीको चमकबाट … चट्याङ्हरूले तिनीहरूलाई छरपष्‍ट पार्नुभयो

दाऊदले आफूलाई आफ्‍ना शत्रुहरूदेखि बचाउन आउने आँधीसित परमप्रभुलाई तुलना गरेर उहाँको निरन्तर वर्णन गर्छन् । यसले दाऊदको शत्रुहरूप्रति परमेश्‍वरको शक्ति र रिसलाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे

सम्भावित अर्थहरूः १) उहाँको उज्यालो ज्योतिबाट उहाँले बलिरहेको फिलुङ्गाहरू पठाउनुभयो" वा २) उहाँको चमकबाट उहाँले चट्याङ् पठाउनुभयो"

सर्वोच्‍चले कराउनुभयो ... उहाँले काँडहरू प्रहार गर्नुभयो

एउटा व्यक्तिले गर्ने कार्य परमप्रभुले गर्नुभएको कुरा दाऊदले वर्णन गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

उहाँले काँडहरू प्रहार गर्नुभयो ... चट्याङ्हरू

दाऊदले परमप्रभुको आँधीबाटको चट्याङ्लाई सिपाहीले प्रयोग गर्ने वाणसित तुलना गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद