ne_tn/2sa/19/42.md

4.4 KiB

तिमीहरू यसबारे किन रिसाउँछौ?

इस्राएलका मानिसहरूलाई हप्काउनको लागि यहूदाका मानिसहरूले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरू यसको बारेमा दुःखि हुने कुनै कारण छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के महाराजाले तिर्नुपर्ने गरी हामीले कुनै कुरा खाएका छौं र? के उहाँले हामीलाई कुनै उपहार दिनुभएको छ र?

यहूदाका मानिसहरूले राजाबाट केही लिएका छैनन् भनेर देखाउनको लागि तिनीहरू यो प्रश्‍न गर्छन् । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "महाराजाले हाम्रो खाने कुराको लागि कहिल्यै तिरेका छैनन्, र उहाँले हामीलाई कहिल्यै केही उपहार दिएका छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ

दाऊदमाथि तिमीहरूको भन्दा हाम्रो धेरै हिस्सा छ । अर्को अनुवादः "राजाको सेवा गर्ने र राजासँग बस्‍ने अधिकार तिमीहरू भन्दा हामीलाई बढी छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूले हामीलाई किन तुच्‍छ ठान्‍यौ?

इस्राएलीहरूले आफ्‍नो रिस व्यक्त गर्नको लागि यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले हामीलाई तुच्‍छ ठान्‍दैथियो!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?

इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई सम्झाउन र हप्काउनको लागि यो प्रश्‍न गर्छन् । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनवुादः "राजालाई फर्काई ल्याउने सल्लाह गर्ने हामी पहिला थियौँ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो

यहाँ "वचनहरू" ले मानिसहरूका बोलीलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलका मानिसहरूले भन्दा यहूदाका मानिसहरूले बढी रूखो भएर बोले"

शब्द अनुवाद