ne_tn/2sa/19/34.md

5.2 KiB

मेरो जीवनका वर्षहरूमा कति दिन बाँकी छन् र ताकि म महाराजासँग यरूशलेममा जाऊँ?

यहाँ बर्जिल्लैले आफू वृद्ध छन् र दाऊदलाई साथ दिने कुनै कारण छैन भन्‍न खोजेका छन् । यो आलङ्‍कारिक प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म पक्‍कै पनि धेरै दिन बाँच्‍दिनँ । महाराजासित माथि यरूशलेममा जाने मेरो लागि कुनै कारण छैनँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

असी वर्ष

"८० वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

के मैले असल र खराब बिच भिन्‍नता छुट्टाउन सक्छु र?

बर्जिल्लै यरूशलेममा किन जान चाहँदैनन् भनेर जोड दिनको लागि उनी यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यहाँ, "असल" र "खराब" ले मनमोहक भएको वा नभएको कुरालाई जनाउँछ । यो प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मनमोहक भएको र नभएको कुरा म छुट्टाउन सक्दिनँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के हजुरको सेवकले के खायो र के पियो भनी स्वाद लिन सक्छ र?

बर्जिल्लै किन यरूशलेम जान चाहँदैनन् भनेर जोड दिनको लागि उनी यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले खाएको र पिएको कुराको स्वाद लिन म सक्दिनँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के मैले गायक पुरुष र गायक महिलाको सोर अझै सुन्‍न सक्छु र?

बर्जिल्लै किन यरूशलेम जान चाहँदैनन् भनेर जोड दिनको लागि उनी यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "गाउने पुरूष र महिलाहरूको आवाज म सुन्‍न सक्दिनँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

अनि हजुरको सेवक मेरो मालिक महाराजाको निम्ति किन बोझ बन्‍नु र?

बर्जिल्लै राजाको निम्ति बोझ बन्‍न चाहँदैनन् भनेर जोड दिनको लागि उनी यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हजुरको सेवक तपाईंसित जानु हुँदैन र तपाईंको निम्ति बोझ बन्‍नु हुँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

महाराजाले मलाई किन यस्तो इनाम दिनुहुन्छ?

बर्जिल्लै राजाले तिनलाई यसरी किन इनाम दिन्छन् भन्‍ने उनी जान्दैनन् भनेर जोड दिनको लागि उनी यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "महाराजाले मलाई यति ठूलो इनाम किन दिनुहुन्छ भन्‍ने कुरा म जान्दिनँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद