ne_tn/2sa/19/21.md

5.0 KiB

अबीशै

तपाईंले 2 Samuel 2:18 मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सरूयाह

तपाईंले 2 Samuel 2:13 मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

के शिमीलाई यसको निम्ति मर्नु पर्दैन किनभने त्‍यसले परमप्रभुका अभिषिक्‍तलाई सरापेको छ?

शिमीले दाऊदलाई सरापेको हुनाले अबीशै तिनीसित रिसाएका थिए र तिनी मारिनपर्छ भनेर सल्‍लाह दिइरहेका छन् । यो प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "शिमीले परमप्रभुका अभिषिक्‍तलाई सरापेका हुनाले त्यो मारिनपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

परमप्रभुका अभिषिक्‍त

यसले दाऊदलाई जनाउँछ । परमप्रभुले राजाको रूपमा अभिषेक गर्नुभएको मानिस तिनी थिए भन्‍ने कुरा यसले जनाउँछ । अर्को अनुवादः "परमप्रभुले राजाको रूपमा अभिषेक गर्नुभएको मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ?

दाऊदले अबीशैलाई हप्काउनको लागि यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ए सरूयाहका छोराहरू, हाम्रो तिमीहरूसित केही पनि कुरा मिल्दो छैन, आज तिमीहरू मेरो विरोधीहरू हुने कुनै कारण छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन र?

दाऊदले अबीशैलाई निरन्तर हप्काउनको लागि यी आलङ्‍कारिक प्रश्‍नहरू गर्छन् । यी प्रश्‍नहरूलाई भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलका जातिमा आज कुनै पनि मानिस मारिने छैन, किनभने आज सारा इस्राएलमा राजा म हुँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

कुनै मानिसलाई मारिनेछ र

अर्को अनुवादः "कुनै मानिस मारिनेछ" वा "म कुनै मानिसलाई मार्न आज्ञा दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

किनकि आज म इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन र?

यस आलङ्‍कारिक प्रश्‍नका सम्भावित अर्थहरू १) "म अझै पनि इस्राएलको राजा हो भनेर मलाई थाहा छ" (EN-UDB) वा २) "आज सारा इस्राएलमा राजा म हुँ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद