ne_tn/2sa/19/11.md

4.3 KiB

सादोक र अबीयाथारलाई ... पठाए

यसले दाऊदले सादोक र अबीयाथारकहाँ समाचारवाहक पठाए भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "सादोक र अबीयाथारकहाँ समाचारवाहकद्वारा ... पठाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

राजालाई उनको दरबारमा फिर्ता ल्याउन ... किन अन्तिम हुन्‍छौ?

यहूदामा भएका धर्म-गुरूहरूलाई हप्काउनको लागि यो आलङ्‍कारिक प्रश्‍न गरिएको छ । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "राजालाई कृपा गरेर दरबारमा ल्याउने तिमीहरू पहिला हुनुपर्‍थ्यो, इस्राएलका जातिका मानिसहरू होइन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

राजालाई उनको दरबारमा फिर्ता ल्याउन सबै इस्राएलको कुरा उनको पक्षमा भएको हुनाले

"कुरा" शब्दलाई "कुरा गर्नु" वा "बोल्‍नु" क्रियामा लेख्‍न सकिन्छ । अर्को अनुवादः " सारा इस्राएल राजाको बारे सकारात्मक रूपमा बोलेका र ल्याउने इच्छा गरेका हुनाले" वा " इस्राएलका मानिसहरूले राजालाई ल्याउने पक्षमा कुरा गरिरहेका हुनाले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

राजालाई उनको दरबारमा फिर्ता ल्याउन

यहाँ राजाको शासन गर्ने अधिकार पुनर्स्थापन गर्नुलाई तिनलाई तिनको दरबारमा ल्याउनुको रूपमा बताइएको छ । अर्को अनुवादः "राजाको रूपमा राजाको अधिकारलाई पुनर्स्थापन गर्नु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू ... मेरो मासु र हाड हौ

तिनीहरूका उस्ता-उस्तै मासु र हाड छन् भन्‍दै तिनीहरू सम्बन्धित भएको कुरा यहाँ राजा बयान गर्छन् । अर्को अनुवादः "तिमीहरू मेरा आफन्तहरू हौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

राजालाई फिर्ता ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ?

यहूदामा भएका धर्म-गुरुहरूलाई हप्काउनको लागि प्रयोग भएको यो दोस्रो आलङ्‍कारिक प्रश्‍न हो । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "राजालाई ल्याउन तिमीहरू पहिलो हुनुपर्‍थ्यो, अन्तिम होइन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद