ne_tn/2sa/19/09.md

2.3 KiB

हाम्रा शत्रुहरूका हातबाट

यहाँ "हात" को अर्थ नियन्‍त्रण हो । अर्को अनुवादः "हाम्रा शत्रुहरूका नियन्‍त्रणबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पलिश्‍तीहरूका हातबाट

यहाँ "हात" को अर्थ नियन्‍त्रण हो । अर्को अनुवादः "पलिश्तीहरूका नियन्‍त्रणबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अब्शालोमको कारणले देशबाट

यसको अर्थ तिनीले अब्शालोमदेखि भागेर देश छाडेका थिए भन्‍ने हुन्छ । यो स्पष्‍टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "अब्शालोमदेखि भागी देशबाट बाहिर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?

अब्शालोम मरेका हुनाले तिनीहरूले अब दाऊदलाई ल्याउने बारेमा सोच्‍नुपर्छ भन्‍ने यसले अर्थ दिन्छ । यस प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामीले राजालाई फिर्ता ल्याउने बारेमा बोल्‍नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

राजा

यसले दाऊदलाई जनाउँछ ।

शब्द अनुवाद