ne_tn/2sa/19/07.md

3.9 KiB

म परमप्रभुको नाउँमा शपथ खान्छु

योआबले गम्भीर शपथ खाँदैछन् । अर्को अनुवादः "परमप्रभु जीवित हुनुभएजस्तै म शपथ खान्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईं जानुभएन भने, ... तपाईंसँग एक जना पुरुष पनि रहने छैन

दाऊद गए भने मात्र तिनका सिपाहीहरू तिनीसित हुनेछन् भन्‍ने यसको अर्थ हुन्छ । अर्को अनुवादः "यदि तपाईं जानुभयो भने मात्र ... तपाईंका मानिसहरू तपाईंसित रहनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

एक जना पुरुष पनि रहने छैन

यसले तिनीहरू तिनीप्रति इमान्दार रहने कुरालाई जनाउँछ । अर्को अनुवादः "कुनै पनि मानिसहरू तपाईंप्रति इमान्दार हुनेछैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

सबै मानिसलाई भनियो

यो एउटा बढावा हो, यसले अधिकांश मानिसहरू भन्‍ने अर्थ दिन्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यहाँ भएका अधिकांश मानिसहरूले अरूहरूले यसो भनिरहेका कुरा सुने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र[[rc:///ta/man/translate/figs-activepassive]])

हेर, राजा ... बसेका छन्

भनिने अर्को कुरामा कसैको ध्यानाकर्षण गर्नको लागि यो शब्द प्रयोग भएको छ, अर्को अनुवादः "सुन, राजा ... बसेका छन्"

सबै मानिस

यहाँ "मानिस" ले दाऊदलाई पछ्याउने मानिसहरूलाई जनाउँछ । यो एउटा बढावा हो, यसको अर्थ एउटा ठूलो सङ्ख्या भेला भएर तिनको वरिपरि आए भन्‍ने हुन्छ । अर्को अनुवादः "धेरै मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

त्‍यति बेला इस्राएलका सबै मानिस भगरे आआफ्ना घरमा गएका थिए

यहाँ "इस्राएल" ले अब्शालोमलाई पछ्याउने इस्राएली सिपाहीहरूलाई जनाउँछ । अर्को अनुवादः "र हरेक इस्राएली सिपाहीहरू आआफ्नो घरतिर भागे" वा "र सबै इस्राएली सिपाहीहरू तिनीहरूका घरतिर भागे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद