ne_tn/2sa/16/09.md

3.5 KiB

अबीशै

तपाईंले 2 Samuel 2:18 मा गर्नुभएजस्तै यस मानिसको नाउँलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सरूयाह

तपाईंले 2 Samuel 2:13 मा गर्नुभजस्तै यस मानिसको नाउँलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यो मरेको कुकुरले मेरो मालिक महाराजालाई किन सराप्‍ने?

अबीशैले त्यस मानिसप्रति आफ्‍नो रिस पोखाउनको लागि यो प्रश्‍न गरे । यो आलङ्‍कारिक प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यो मरेको कुकुरले राजासित यसरी कुरा गर्न हुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

यो मरेको कुकुर

यहाँ त्यो मानिसलाई मरेको कुकुरसित तुलना गरेर बेकारको रूपमा बयान गरिएको छ । अर्को अनुवादः "यो बेकारको मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार?

सरूयाहका छोराहरूलाई सच्चयाउनको लागि यो आलङ्‍कारिक प्रश्‍न गरिएको छ । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमी के सोच्‍छौ भनेर म जान्‍न चाहन्‍न !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

सायद ... त्यसले मलाई सराप्‍दै छ

"त्यसले मलाई सरापिरहेको हुन सक्‍छ"

अनि त्यसलाई 'तिमीले राजालाई किन सराप्‍दै छौ?' भनेर कसले भन्‍न सक्छ

यसको उत्तर "कसैले होइन" हुन्छ भनेर जोड दिनको लागि यो आलङ्‍कारिक प्रश्‍न गरिएको छ । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले त्यसलाई यसो भनेर सोध्‍न सक्दैन, 'तँ किन राजालाई सराप्‍दै छस्?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद