ne_tn/2sa/16/03.md

3.6 KiB

तिम्रो मालिकको नाति

"तिम्रो मालिकको नाति, मपीबोशेत"

नाति

कसैको छोरा वा छोरीको छोरा

हेर्नुहोस्

यहाँ भन्‍न लागिएको कुरामा कसैको ध्यानाकर्षण गर्नको लागि यो शब्द प्रयोग भएको छ । अर्को अनुवादः "सुन्‍नुहोस्"

इस्राएलको घराना

यसले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्

शावलको सन्तानले शासन गर्न पाउनुलाई तिनीहरूको परिवारमा राज्य पुनर्स्थापना भएको रूपमा बताइएको छ । अर्को अनुवादः "मेरा बाजेले शासन गर्नुभएको राज्य मलाई शासन गर्न दिनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मपीबोशेत

तपाईंले 2 Samuel 4:4 मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

म नम्रतासाथ हजुरको सामु निहुरिन्‍छु

सीबा यहाँ बोल्दै गर्दा राजाको सामु वास्तवमा निहुरेका छैनन् । यसको अर्थ तिनले राजाको सामु दण्डवत् गरेजस्तै नम्रता देखाएर राजाको सेवा गर्नेछन् भन्‍ने हुन्छ । अर्को अनुवादः "म नम्रतासाथ तपाईंको सेवा गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मैले तपाईंको दृष्‍टिमा निगाह पाउन सकौँ

"निगाह पाउनु" भन्‍ने वाक्यांशको अर्थ कसैबाट स्वीकृति पाउनु हो । "तपाईंको दृष्‍टि" ले राजाको विचारलाई जनाउँछ । अर्को अनुवादः "तपाईं मसित खुसी हुनुभएको म चाहन्छु" वा "तपाईं मसित खुसी हुनुभएको म इच्छा गर्छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र[[rc:///ta/man/translate/figs-metonymy]] र rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद