ne_tn/2sa/14/12.md

4.2 KiB

आफ्नो दासी

राजालाई सम्मान देखाउन त्यस महिलाले आफैलाई "तपाईंकी दासी" भनेर जनाउँछे ।"

कुरा गर्न दिनुहोस्

"अन्य केही कुराको बारेमा कसैसित कुरा गर्नु ।" त्यस महिलाले राजासित अर्को विषयमा कुरा गर्न अनुरोध गरिरहेकी छे ।

भन

यो एउटा वाक् पद्धति हो । राजाले उनलाई कुरा गर्ने अनुमति दिइरहेका छन् । अर्को अनुवादः "तिमी मसित कुरा गर्न सक्छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंले परमेश्‍वरका मानिसहरूका विरुद्धमा किन यस्तो गर्नुभएको छ?

दाऊदले अब्शालोमलाई कसरी व्यवहार गरेका थिए भनेर गाली गर्नको लागि त्यस महिलाले यो आलङ्‍कारिक प्रश्‍न गर्छे । यो प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले भर्खरै जे भन्‍नुभयो त्यसले यो साबित गर्छ कि तपाईंले गलत गर्नुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

राजाले ... कुनै दोषी व्यक्‍तिजस्तै हुनुहुन्छ

राजा दोषी छन् भनी प्रत्यक्ष नभनेर त्यस महिलाले राजालाई कुनै दोषी व्यक्तिसित तुलना गर्छे । अर्को अनुवादः "राजाले आफैलाई दोषी घोषणा गरेका छन्"

आफ्नो निर्वासित छोरा

"आफूले निर्वासनमा पठाएका आफ्नै छोरा"

हामी सबै नै मर्नुपर्छ र हामी जमिनमा पोखिएको पानीजस्तै छौं, जसलाई फेरि जम्‍मा पार्न सकिंदैन

यहाँ त्यस महिलाले कुनै व्यक्ति मर्नुको बारेमा यसरी बताउँछे कि मानौं तिनीहरू जमिनमा पोखाइएका पानी थिए । अर्को अनुवादः "हामी सबै मर्नुपर्छ र हामी मरिसकेपछि हामीलाई फेरि जीवित पार्न सकिँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

परमेश्‍वर ... धपाइएकाहरूलाई पुनर्स्थापना गर्ने कुनै उपाय खोज्‍नुहुन्छ

दाऊदले आफ्‍नो छोरालाई आफूकहाँ फिर्ता ल्याउनुपर्छ भनेर त्यस महिलाले सङ्केत गर्छे । यसलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले जसलाई धपाउनुभएको छ, त्यसलाई फिर्ता ल्याउनुहुन्छ र तपाईंले पनि तपाईंको छोराको लागि त्यस्तै गर्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद