ne_tn/2sa/14/10.md

5.7 KiB

तिमीलाई कुनै कुरा भन्यो भने

यहाँ धम्की बोल्‍नुलाई साधारण रूपमा बोल्‍नुझैँ बताइएको छ । अर्को अनुवादः "तिमीलाई धम्कायो भने" वा "तिमीसित धम्कीका कुरा बोल्छ भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

त्यसले तिमीलाई फेरि छुने छैन

कुनै व्यक्तिले तिनलाई धम्काउने वा छुनेछैन भन्‍ने कुरालाई यहाँ त्यस व्यक्तिले तिनलाई छुने छैन भनेर दाऊदले बताउँछन् । दाऊदले त्यस व्यक्तिलाई त्यस महिलालाई अब उप्रान्त धम्काउन वा सताउन दिनेछैन भनेर यसले सङ्केत गर्छ । यस भनाइको पुरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यसले तिमीलाई फेरि धम्काउने छैन भनेर म निश्‍चय गर्नेछु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र[[rc:///ta/man/translate/figs-explicit]])

महाराजाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई सम्झनुभएको होस्

सम्भावित अर्थहरू १) "सम्झनुभएको होस्" भन्‍ने वाक्यांश प्रार्थना गर्नु भन्‍ने अर्थ दिने एउटा वाक् पद्धति हो । अर्को अनुवादः "कृपया, परमप्रभु तपाईंको परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्" वा २) यहाँ "सम्झनुभएको होस्" भनेको याद गर्नु हो र यसले यो बुझाउँछ कि तिनले परमप्रभुलाई याद गरेपछि उहाँको नाउँमा प्रतिज्ञा गर्नेछ । अर्को अनुवादः "कृपया परमप्रभु तपाईंको परमेश्‍वरको नाउँमा प्रतिज्ञा गर्नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र[[rc:///ta/man/translate/figs-explicit]])

रगतको बदला लिने

यसले मरेको भाईको मृत्युको बदला लिन चाहने मानिसलाई जनाउँछ । यसलाई स्पष्ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो छोराको दाजुको मृत्युको बदला लिन चाहने मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

अब उसो नाश गर्ने

"कसैलाई मर्ने तुल्याउने ।" अघि नै मरिसकेको दाजुको लागि यो थप कुरा हो ।

ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्ने छैनन्

ताकि तिनीहरूले मेरा छोरालाई मार्नेछैनन्" वा "ताकि तिनीहरूले मेरा छोरालाई मृत्युदण्ड दिनेछैनन्"

जस्तो परमप्रभु जीवित हुनुहुन्छ

मानिसहरूले प्रायः प्रतिज्ञा गर्थे र तिनीहरूले ती अति निश्‍चयतासाथ पुरा गर्नेछन् भन्‍ने कुरालाई परमप्रभु जीवित हुनुभएको कुरासित ती तुलना गर्थे । अर्को अनुवादः "परमप्रभु जीवित हुनुभएको जस्तै म तिमीसित प्रतिज्ञा गर्छु" वा "म परमप्रभुको नाउँमा प्रतिज्ञा गर्छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र[[rc:///ta/man/translate/figs-explicit]])

तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्‍ने छैन

यसको अर्थ त्यसको छोराको हानि हुनेछैन भन्‍ने हुन्छ, जसको त्यसले एउटा कपाल पनि गुमाउने छैन भनेर बढाइचढाइ गरिएको छ । अर्को अनुवादः "तिम्रो छोरा पूर्ण रूपमा सुरक्षित हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद