ne_tn/2sa/13/27.md

3.3 KiB

अब्शालोमले दाऊदलाई कर गरे

अर्को अनुवादः "अब्शालोमले अमनोनलाई आउन दिनको लागि दाऊदलाई बिन्ती गरे"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

नडराऊ

तिनीहरूले अमनोनलाई मारेर हुन आउने नतिजाबाट तिनीहरू डराउनुपर्दैन भन्‍ने कुरा यसले सङ्केत गर्छ । यसलाई स्पष्टसित लख्‍न सकिन्छ । अर्को अनुवादः "राजाका छोरा मारेर तिमीहरू दोष्याइनेछौ भनेर नडराओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

के तिमीहरूलाई मैले आज्ञा गरेको होइन?

अब्शालोमले तिनीहरूलाई आज्ञा गरेका हुनाले अमनोनलाई मारेकोमा आफू नै दोषी हुनेछन् भनेर जोड दिनको लागि तिनी यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले तिमीहरूलाई यो गर्न आज्ञा गरेको छु" वा "त्यसलाई मार्ने दोषी म हुनेछु, किनभने मैले तिमीहरूलाई यो गर्ने आज्ञा गरेको छु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

आज्ञा गरेको होइन

अब्शालोमले के गर्ने आज्ञा गरेका थिए भन्‍ने कुरालाई प्रश्‍नमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनलाई मार्ने आज्ञा गरेको होइन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

सबै राजकुमार

यसले अब्शालोम र मरेका अमनोनलाई समावेश गर्दैन । यसले राजाले उत्सवमा जान अनुमति दिएका बाँकीका सबै छोराहरू समावेश गर्छ । अर्को अनुवादः "राजाका बाँकी छोराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

सबै

यसले उत्सव छाडेर गएका राजाका छोराहरूलाई जनाउँछ ।

शब्द अनुवाद