ne_tn/2sa/12/21.md

3.4 KiB

सामान्य जानकारीः

परमप्रभुले नै यी कुराहरू हुन दिनु भयो भनेर दाऊदले बुझेको कुरालाई जोड दिने आलङ्‍कारिक प्रश्‍नहरू यी पदहरूले समावेश गर्छ ।

कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्‍न सकोस्?

परमप्रभुले त्यस बालकलाई जीउन दिनु हुनेथियो कि भन्‍ने कुरा कसैलाई थाहा नभएको जानकारीलाई जोड दिन दाऊदले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यस आलङ्‍कारिक प्रश्‍नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "बालक जिऊन् भनेर परमप्रभु मप्रति कृपालु हुनुहुनेछ कि हुनुहुनेछैन भन्‍ने बारे कसैले जान्दैनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तर अब त्यो मर्‍यो, त्यसैले म किन उपवास बस्‍ने?

आफूसँग अब उपवास बस्‍ने कुनै कारण छैन भनेर जोड दिन दाऊदले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अब त्यो मर्‍यो त्यसैले उपवास बस्‍नुको कुनै मतलब छैन ।"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के मैले त्यसलाई फेरि फर्काएर ल्याउन सक्छु र?

त्यो केटो फेरी जीवित हुन सक्दैन भन्‍ने कुरालाई जोड दिन दाऊदले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म त्यसलाई फेरि जीवित पार्न सक्दिनँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

म त्यसकहाँ जाने छु

आफू मरेपछि दाऊद तिनको छोराकहाँ जानेछन् भनेर दाऊदले सङ्‍केत गर्छन् । अर्को अनुवादः "म मरेपछि त्यसकहाँ जाने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद