ne_tn/2sa/12/11.md

3.7 KiB

तेरो आफ्नै घरानाबाट

यहाँ दाऊदको "घराना"ले तिनको परिवारलाई जनाउँछ । अर्को अनुवादः "तेरो आफ्नै परिवारको बिचबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तेरै आफ्‍नै आँखाको सामु

यहाँ दाऊदले देख्‍ने कुरालाई जोड दिन दाऊदलाई तिनको आँखाद्वारा उल्लेख गरिएको छ । अर्को अनुवादः "तैँले हेरिरहँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

दिनको उज्‍यालोमा

"दिउँसो नै ।" कुनै कार्य "खुल्ला रूपमा" वा के भइरहेको छ भनी मानिसहरूलाई थाहा दिने तरिकामा गर्ने कुरालाई प्राय "दिनको उज्‍यालोमा" गरिनु भनेर बताइन्छ । अर्को अनुवादः "खुल्ला रूपमा" वा "के भइरहेको छ भनेर मानिसहरूले देख्‍ने गरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सारा इस्राएलको सामु

तिनकी पत्‍नीहरूलाई के भएको छ भन्‍ने बारे इस्राएलका मानिसहरूलाई थाहा हुनुलाई यस वाक्यांशले यसरी बताउँछ कि मानौँ तिनीहरू सबैले वास्तवमा त्यो कुरा भइरहेको देखे । अर्को अनुवादः "सारा इस्राएलका मानिसहरूको सामु" वा "सारा इस्राएलका मानिसहरूले थाहा पाउने गरी" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र[[rc:///ta/man/translate/figs-metaphor]])

हटाइदिनुभएको छ

परमप्रभुले दाऊदलाई तिनको पापबाट क्षमा दिनुभएको छ । अर्को अनुवादः "क्षमा गर्नुभएको छ"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंलाई मारिने छैन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । कहिलेकाहीँ मानिसहरू आफूले गरेको पापको कारण मर्‍थ्यो, तर तिनीले त्यस स्‍त्रीसँग गरेको पापको कारण भने तिनी मर्ने थिएन । अर्को अनुवादः "तपाईं मर्नु हुनेछैन" वा "तपाईं यस पापको कारण मर्नु हुनेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र[[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद