ne_tn/2sa/12/09.md

4.1 KiB

त्यसैले तैंले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्?

यो आलङ्‍कारिक प्रश्‍न दाऊदलाई हप्काउन गरिएको हो । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई तुच्‍छ ठान्‍न हुदैन थियो!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरेर

परमप्रभुको "दृष्टि"ले उहाँको विचारलाई जनाउँछ । यहाँ उहाँले खराब ठान्‍नु हुने कुरालाई यसले तोकेर बताइरहेको छ । अर्को अनुवादः "परमप्रभुले जे खराब ठान्‍नुहुन्छ त्यही गरेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस्

दाऊद आफैले उरियाहलाई मारेनन्, तर तिनले उनलाई लडाइँमा मारिनलाई षड्यन्‍त्र रचे । "तरवारले" वाक्यांशले उरियाह युद्धमा कसरी मरे भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "तैँले हित्ती उरियाहलाई युद्धमा मारिनको निम्ति षड्यन्‍त्र रचिस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस्

दाऊद आफैले उरियाहलाई मारेनन्, तर तिनले उनलाई इस्राएल अम्मोनको विरूद्धमा लडाइँ गरिरहेको बेला लडाइँमा मारिनलाई षड्यन्‍त्र रचे । "तरवारले" वाक्यांशले उनी युद्धमा कसरी मरे भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "तैँले उनलाई अम्मोनका सेना विरुद्धको युद्धमा मारिनको निम्ति षड्यन्‍त्र रचिस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन

यहाँ "तरवार" शब्दले युद्धमा मरिरहेका मानिसहरू मर्नुलाई जनाउँछ । साथै, दाऊदको "घराना"ले तिनको सन्तानलाई जनाउँछ । अर्को अनुवादः "तेरो सन्तानबाट केहि लडाइँमा सधैँ मर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद