ne_tn/2sa/12/07.md

2.5 KiB

शाऊलको हातबाट

यहाँ "हात" शब्दले अधिनलाई जनाउँछ । अर्को अनुवादः "शाऊलको अधिनबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मालिक ... पत्‍नीहरूलाई तेरो हातमा दिएँ

दाऊदले तिनका मालिकका पत्‍नीहरूलाई आफ्नो पत्‍नीको रूपमा प्राप्त गर्नुलाई परमप्रभुले यहाँ उनीहरू "तिनका हातमा" छन् भनेर वर्णन गर्नुहुन्छ । अर्को अनुवादः "मालिक ... पत्‍नीहरूलाई तेरो आफ्नै बनाइदिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मैले तँलाई इस्राएल र यहूदाको घराना पनि दिएँ

यहाँ परमप्रभुले दाऊदलाई इस्राएल र यहूदामाथि राजाको रूपमा अधिकार दिनु भएको कुरालाई यसरी बताउनु हुन्छ कि मानौँ उहाँले तिनलाई इस्राएल र यहूदाको घराना उपहार स्वरूप दिनुभयो । "घराना" शब्दले "मानिसहरू"लाई जनाउँछ । अर्को अनुवादः "मैले तँलाई इस्राएल र यहूदाका मानिसहरू माथि राजाको अधिकार पनि दिएँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसले नपुगेको भए

"मैले तँलाई पर्याप्त दिएको थिइनँ भने"

शब्द अनुवाद