ne_tn/2sa/09/07.md

2.8 KiB

तिम्रो बुबा जोनाथनको खातिर

"मैले तिम्रो बुबा जोनाथनलाई प्रेम गरेको कारण"

तिमीले सधैं मेरो टेबलमा खाने छौ

यहाँ "मेरो टेबल"ले दाऊदसँग एकसाथ हुनु वा तिनको उपस्थितिमा हुनु भन्‍ने बुझाउँछ । राजासँग तिनको टेबलमा खानु एउटा ठूलो सम्मानको कुरा थियो । अर्को अनुवादः "तिमीले सधैं मसँगै खाने छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको दास के हो र, हजूरले मजस्तो मरेको कुकुरजस्तोलाई निगाह गर्नुहुन्छ?

राजाले तिनको हेरचाह गर्न तिनी त्यति महत्त्वपूर्ण नभएको कुरा मेपीबोशेतले सोच्छन् भन्‍ने कुरा यस आलङ्‍कारिक प्रश्‍नले देखाउछ । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म मरेको कुकुर समान छु । तपाईंले मप्रति गर्नुहुने दयाको म योग्यको छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मरेको कुकुरजस्तो

यहाँ मेपीबोशेतले शाऊलको भनाइलाई प्रस्तुत गर्छन्, र तिनले आफैलाई "मरेको कुकुर"सित तुल्ना गर्छन् । कुकुरहरू असभ्य जनावरहरू थिए जसको खासै हेरचाह गरिदैन्थ्यो र कम महत्त्वको हुन्थ्यो । मरेको कुकुर झनै कम महत्त्वको ठानिन्थ्यो । अर्को अनुवादः "मजस्तो व्यक्ति जो मरेको कुकुरजस्तै बेकारको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद