ne_tn/2sa/07/21.md

4.3 KiB

तपाईंको वचनको खातिर

यहाँ "वचन"ले परमेश्‍वरले गर्छु भनेर प्रतिज्ञा गर्नुभएको कुरालाई जनाउँछ । अर्को अनुवादः "तपाईंले गर्छु भनेर प्रतिज्ञा गर्नु भएको कारण"

आफ्नो उद्देश्‍य पूरा गर्न

"तपाईंले गर्छु भनेर निर्णय गर्नु भएको कुरा पूरा गर्न"

तपाईंको सेवकलाई

यहाँ दाऊदले स्वयम्‌लाई "तपाईंको सेवक"को रूपमा बताउछन् । यसलाई प्रथम पुरुषको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

जस्तो हामीले हाम्रो आफ्नै कानले सुनेका छौँ

"हाम्रो आफ्नै कान" वाक्यांश जोड दिनको निम्ति प्रयोग गरिएको छ । अर्को अनुवादः "जस्तो हामी आफैले सुनेका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं

यहाँ "हामी"ले दाऊद र इस्राएलको जातिलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

तपाईंको मानिस इस्राएलजस्तो कुन जाति छ, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्‍वर आफैं गएर छुटकारा दिनुभयो?

इस्राएलजस्तो जाति त्यहाँ कोही थिएन भनेर जोड दिन दाऊद यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "तपाईंका मानिस इस्राएलजस्तो कुनै जाति छैन, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्‍वर आफैं गएर छुटकारा दिनुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको आफ्‍नो नाउँ महान् बनाउन

यहाँ "नाउँ"ले परमप्रभुको प्रतिष्ठालाई जनाउँछ । अर्को अनुवादः "तपाईं को हुनुहुन्छ भनेर सबै मानिसहरूलाई चिनाउन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको देशको निम्ति

यहाँ "देश"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "तपाईंका मानिसहरूको निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जातिहरूलाई ... तपाईंले ... धपाउनुभयो

यहाँ "जातिहरू"ले कनानमा बसोवास गरिरहेका मानिसहरूको समूहलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद